अन्तर्राष्ट्रिय

जर्मनीद्वारा पेट्रोल डिजेलबाट चल्ने गाडीमा प्रतिबन्ध !

बर्लिन । जर्मन सरकारले सन् २०३० देखि पेट्रोल तथा डिजेलबाट चल्ने गाडीमा प्रतिबन्ध लगाएको छ। जर्मनीको संसद ९बुन्डेसर्याट० ले पास गरेअनुसार सन् २०३० देखि जर्मनीमा पेट्रोल तथा डिजेलबाट चल्ने इन्जिन आयात, निर्यात तथा बिक्री गर्न पाइने छैनन्।
जर्मनीको बुन्डेसर्याटले जर्मनीका १६ राज्यको प्रतिनिधित्व गर्छ। युरोपयिन युनियनमै यो नियम लागू गर्न जर्मनीको बुन्डेसर्याटले अनुरोध गरेको छ र लागू हुनसक्ने सम्भावना धेरै रहेको विश्लेषकहरुको भनाइ छ। जर्मनीका स्थानीय समाचारमाध्यम तथा फोब्र्समा उल्लेख भएअनुसार अबको १४ वर्षपछि यूरोपियन यूनियनमा शून्य प्रदुषण उत्सर्जन गर्ने इन्जिन मात्र उपलब्ध हुनेछन्।
पेट्रोल तथा डिजेलका साटो विद्युतीय वा हाइड्रोजन वा अन्य वैकल्पिक इन्धन प्रयोग गरिनेछ। जर्मनीले डिजेल तथा पेट्रोल गाडीमा प्रतिबन्ध लगाउने भएपछि इन्धनबाट चल्ने गाडीको यूगको अन्त्य हुने देखिएको छ। नर्वेले पनि यसअघि सन् २०२५ देखि डिजेल तथा पेट्रोल गाडी प्रतिबन्ध गर्ने भएको थियो।
इयूका अटोमोबाइल कम्पनीहरुलार्ई पनि यसबारे सूचना दिइनेछ। जर्मनीका चर्चित कार निर्माता कम्पनीले अडी, बीएमडब्लु, मर्सिडिज बेन्ज, पोर्शे, फक्सवागन विश्वका प्रमुख देशमा राम्रो बजार लिएका छन्। एजेन्सी