पर्यटन/संस्कृति

गोरखाबाट हनुमानढोकाका लागि फूलपाती पठाइयो

गोरखा । गोरखा दरबारको दसैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।
आज बिहान ११ बजे गोरखा दरबारको दसैँघरबाट विधिपूर्वक पूजाअर्चना गरिएको फूलपाती सुसारेको टोलीले हनुमानढोका दरबारतर्फ लगेका हुन् । बोलेरो जिपमार्फत फूलपाती हनुमानढोकातर्फ पठाएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले जानकारी दिए।
गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पु¥याएपछि आज साँझ हनुमानढोका दरबारमा हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने चलन छ । गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि गोरखाको फूलपाती हनुमानढोका दरबार पु¥याउने र भित्र्याउने चलन सुरु गरिएको इतिहास छ ।
दरबारका सुसारे अमृत कुँवर नेतृत्वको टोलीले फूलपाती हनुमानढोका लिएर गएको हो । गोरखा दरबारको दसैँघरबाट सतिपिपलसम्म सुसारेहरुले फूलपातीको डोली बोकेर ल्याएका थिए । गोरखा दरबार हेरचाह अड्डाले गोरखा पर्यटन विकास केन्द्र, सतिपिपलको एकता युथ क्लब र गोरखा मल्टिट्यालेन्ट गु्रपको सहयोगमा फूलपाती हनुमानढोका पठाएको हो।
दरबारस्थित दसैँघरबाट मालश्री धुनसहित सतिपिपलसम्म ¥याली गरिएको थियो भने त्यसपछि सदरमुकामको खोलखोलेसम्म एक सयभन्दा बढी मोटरसाइकलसहित युवाको ¥यालीले फूलपाती बोकेको गाडीको स्कर्टिङ गरेको सतिपिपलको एकता युथ क्लबका प्रवीण बस्नेतले जानकारी दिए। विगतका वर्षहरुमा भन्दा यसवर्ष भव्यताका साथ फूलपाती काठमाडौँ पठाइएको दरबार हेरचाह अड्डाले जनाएको छ।