पु.समाचार

बिजय गच्छेदारको पार्टी फुट्ने सँकेत !

सुर्यखबर सँबाददाता,

काठ्माण्डौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष बिजयकुमार गच्छदारको पार्टीमा आन्तरीक कलह भएपछि गच्छदारले उक्त पार्टीका साँसदहरुलाई आफुप्रति समर्पीत भएकोे भनी हस्ताक्षर गराउन लगाएका छन् । जम्मा १४ साँसद रहेको फोम लोकतान्त्रीकमा रमणी राम बाहेक १३ जनाले हस्ताक्षर गरेका छन् भने रमणी रामको फोनबाट सहमती जनाएको भनिएको छ ।

आशा चतुर्बेदी, ग्यालेक्सी सकुलकी सँचालक समेत रहेकी गीता राणा क्षेत्री, भिएस निकेतन् केलेजका सँचालक समेत रहेका डा. बाबुराम पोख्रेल, रामजनम् चौधरी, जितेन्द्र नारायण देव, डा.सुबोध पोख्रेल, उद्योगपती पवन कुमार सारडा, जनकराज चौधरी, सुमित्रा थरुनी, कल्पना चौधरी, योगेन्द्र चौधरी, मो.मुस्ताक आलम, बिजयकुमार गच्छदार, रमणी राम लागायतका १४ साँसदह उक्त पार्टीमा छन् ।

गच्छेदारसँग असन्तुष्ट रहेका जीतेन्द्र देबले समेत उक्त पत्रमा हस्ताक्षर गरेका छन् । पुष्पकमल दहाल सरकारमा दुईजना मन्त्रीका लागी ठाँउ राखेपनि उपप्रधानमन्त्री नदिने सँकेत पाएपछि बिजयकुमार गच्छेदारले मन्त्रीह सरकारमा नपठाउने बिचार गरेपछि सार्बजनिक रुपमा नै जीतेन्द्रदेबले पार्र्टीको आलोचना गरेका थिए ।

बिबाद केहि मत्थर भएजस्तो लागेको केहि दिनमा नै उक्त सहमती पत्रमा हस्ताक्षर हुनुले पार्टी भित्रभित्र पुट्न सक्ने संकेत देखिन्छ ।

forum-democratic