पु.समाचार

देशबिकासका लगी सहमतीय सरकार – डा.भट्टराई

गोरखा। पुर्बप्रधानमन्त्री समेत रहेका नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले देश विकासका लागि स्थायी सरकारको आवश्यकता रहेको बताएका छन् । केहि दिन अगाडीमात्र प्रधानमन्त्ती पुष्पकमल दहालले भारतसँग गरेको २५ बुँदे सहमतीको ब्यापक बिरोध गरेको भट्टराईले गृहजील्ला पुगेर उक्त कुरा बताएका छन् ।

बडादसैँ, दीपावली, नेपाल सम्बत् तथा छठको अवसरमा नयाँ शक्ति पार्टी गोरखाले सदरमुकाममा आयोजना गरेको कार्यक्रमलाई टेलिफोनबाट सम्बोधन गर्दै भट्टराईले मुलुकमा कम्तिमा पाँचवर्ष टिक्ने सरकार आवश्यक परेको बताए । देशमा आर्थिक समृद्धि ल्याउन स्थायी सरकारको खाँचो रहेको उनको भनाइ थियो ।

तनहुँको आँबुखैरेनी नजिक ऐनापहरामा झरेको पहिरोले पृथ्वीराजमार्ग पूर्णरुपमा अबरुद्ध भएपछि पूर्वप्रधानमन्त्री भट्टराईले बाटोबाटै टेलिफोन गरी कार्यक्रमलाई सम्बोधन गरेको नयाँ शक्तिका स्थानीय नेता ज्ञानेन्द्र कुमालले जानकारी दिए । रसस