आर्थिक

पूर्बनिर्धारित कार्यक्रमअनुसार एनसेलले दियो श्रेष्ठलाई बाइक

सुर्यखबर सँबाददाता,

काठमाडौं । देशको अग्रणी मोबाईल सेवाप्रदायक दाबी गर्ने एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजनाअन्तर्गत काठमाडौंको ठमेलमा रहेको एमपि मेड प्रा.लिका संचालक प्रेम कृष्ण श्रेष्ठलाई बुधबार एककार्यक्रमकाबीच मोटर–साईकल उपहार प्रदान गरेको छ ।
एमपि मेड प्रा.लि एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्यप्रोडक्टहरु ग्राहक सम्म पुर्याउने १०,००० आधिकारिक रिटेलरहरु मध्ये एकभएको समेत बताएको छ ।

श्रेष्ठलाई एनसेलको बागमति सेल्स टिमले एक कार्यक्रमकामाझ उक्त बाइक उपहार प्रदान गरेको थियो । एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवातथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहनगर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको थियो । रिटेलरहरुले उनीहरुले गरेको बिक्रीकाआधारमा उपहार पाउँछन् ।
यस अधि यो योजना अन्र्तगत मित्रनगर, नयाँबसपार्कमा (काडमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुराले मोटर साईकल र दुलेगौडा, तनहुँमा (गण्डकी) रहेको सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज्का संचालक गणेश कुमार श्रेष्ठले स्कुटर उपहार पाएका थिए ।