अन्तर्राष्ट्रिय

रुसद्धारा अत्याधुनिक हवाई मिसाइलहरु तैनाथ

एजेन्सी– रुसले सिरियाको टारटूस तट वरिपरि अत्याधुनिक आणविक मिसाइलहरु सतर्क अवस्थामा राखेको छ । पछिल्लो समयमा पश्चिम सिरियामा बढ्दै गएको तनावका बीचमा रुसले यो कदम चालेको हो ।

टारटूस समुद्री तट वरिपरि आफ्नो नौसैनिक अड्डामा नजिक एस–३०० हवाई रक्षा मिसाइलहरु तैनाथ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

रुसी रक्षा मन्त्रालयले समेत यो कदमको पुष्टि गरेको छ । रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोरले भनेका छन्, ‘सो टापुमा रहेको हाम्रो नौ सैनिक क्याम्प वरिपरि हामीले हवाई सुरक्षासँग सम्बन्धित मिसाइलहरु तैनाथ गरेका छौ ।

हामीले तैनाथ गरेका एस–३०० मिसाइलहरु रक्षात्मक प्रणालीका लागि शक्तिशासली छन्, यी मिसाइल तैनाथ पश्चात कुनै खतरा हुन सक्दैन ।’
रुसको यो कमदपछि पश्चिमी सहयोगी राष्ट्रहरुबीचमा हंगामा मच्चिएको बीबीसीले जनाएको छ ।