आर्थिक

नबिल बैंकको वार्षिक नाफा २ अर्ब ८१ करोड

काठमाण्डौ । नेपालको अग्रनी बैंकहरुमध्ये एक नबिल बैंकको ३२ औ साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालको अध्यक्षतामा आश्विन १८ गते सो बैंकको साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा बैंकले वर्षभरि प्राप्त गरेको मुनाफा र पँुजी परिचालनको बारेमा समिक्षा समेत भएको थियो । जसअनुसार बैंकको आर्थिक वर्ष २०७२/०७३ मा सञ्चालन मुनाफा ४ अर्ब ३५ करोड रहेको देखिएको छ, जुन नेपालका अन्य बैंकहरुमध्येकै सबैभन्दा बढी भएको जनाइएको छ । त्यस्तै साधारणसभाले ०७२/०७३ को मुनाफाबाट नगद लाभांश १५ प्रतिशत र बोनस शेयर ३० प्रतिशत दिने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै बैंकको खुद मुनाफा २ अर्ब ८१ करोड ९३ लाख रहेको छ जुन अघिल्लो वर्ष भन्दा ३५५ ले वृद्घि भई यस बैंकले बैंकहरुमा अग्रणी भूमिका कायम राख्न सफल रहेको जनाइएको छ ।

साधारणसभामा अध्यक्ष पौड््यालले बैंकको पूजी योजनाबारे प्रकाश पार्दै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ सम्ममा ८ अर्ब पुजी पु¥याउने योजना रहेको प्रस्ट पारे । उनले सोही योजनाअनुसार नेपाल राष्ट्र बैंकमा पेश गरेअनुसार समिक्षा बर्षको मुनाफाबाट प्रस्तावित वोनस शेयर पश्चात बैंकको पूजी यसै बर्ष रु.६ अरब १८ करोड पुगेको र अर्को बर्ष रु ८ अरव पुर्याउने लक्ष्य सभा समक्ष प्रस्तुत गरेका थिए ।
पौड््यालले भने, ‘नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगीक गतिविधिहरुलाई गतिशतीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पु¥याउन सफल भएकोमा हामी गौरवान्वीत छौं ।’

उक्त साधारण सभामा सर्वसाधारण शेयरधनी समूह “ग” वर्गको तर्फबाट निर्विरोध निर्वाचित शेयरधनीहरु शम्भु प्रसाद पौड््याल र दयाराम गोपाल अग्रवाल एवव् शेयरधनी समूह “ख” वर्गको तर्फबाट राष्ट्रिय बिमा कम्पनी लिमिटेड निर्विरोध भएको घोषणा गरिएको छ ।