पु.समाचार

दसैंको अवसरमा नेपाली सेनाले बस सञ्चालनमा ल्याउने

काठमाण्डौ । नेपाली सेनाले बडादसैँका उपलक्ष्यमा सैनिक तथा तिनका आश्रित परिवारलाई सुविधा प्रदान गर्न काठमाण्डौ उपत्यकाबाट देशका ११ स्थानसम्म जान र आउन निःशुल्क बस सेवा सुरु गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबारदेखि सुरु भएको सो सेवाअन्तर्गत काठमाण्डुदेखि इटहरी, हेटौँडा, दोलखा, रामेछाप, चौतारा, त्रिशूली, धादिङ, बुटवल, पोखरा, धनगढी र नारायणगढसम्म बस सेवा सञ्चालन भएको छ । सो सेवा प्रतिसैनिक चार जनाले लिन पाउने व्यवस्था मिलाइएको निर्देशनालयद्वारा मंगलबार यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी सेनाले महानवमीदेखि एकादशी (असोज २४ देखि २६ गते) सम्म तीन दिन काठमाण्डु उपत्यकाभित्र गैरसैनिक सर्वसाधारणको आवागमनमा सुविधा पु¥याउन छुट्टाछुट्टै मार्गमा बस सञ्चालन गर्ने जनाएको छ ।

ती बस प्रत्येक दिन बिहान ६ देखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि भद्रकालीबाट सञ्चालन हुने प्रबन्ध मिलाइएको र मार्गसम्बन्धी विवरण पछि जानकारी गराइने निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।