आर्थिक

संसदको खाना–नास्ता खर्च ११ करोड

काठमाडौं । संसदमा खाजा–खानाका लागि मात्रै तीन वर्षमा १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष ०७०-७१ देखि ०७२-७३ सम्म संसद् सचिवालयले संसदीय समिति, संसदीय दल र सभामुख, उपसभामुखको सचिवालयमा खाना–खाजाको नाममा सो बराबरको रकम खर्च गरेको छ ।

पछिल्ला दिनमा खाना–खाजा कुपनको व्यापक दुरुपयोग हुन थालेपछि सभामुख ओनसरी घर्तीले आर्थिक मितव्ययिता अपनाउन भन्दै खाजा खाना कुपन गत १ भदौं वाट कटौती गरेकी थिइन् ।

त्यसको सट्टा संसद सचिवालयले समिति वैठक चल्दा समिति सदस्यहरुलाई विगतमा दिइदै आएको १ सय ५० रुपैया भत्तामा २५० रुपैया थप गदै ४ सय रुपैया उपलब्ध गराउँदै आएको छ ।
कुन आर्थिक वर्षमा कति खर्च ?
पछिल्लो तिन वर्षमा संसद सचिवालयले खाना खाजामा मात्रै कुल १० करोड ७८ लाख १९ हजवार ९ सय ३५ रुपैया ३१ पैसा खर्च गरेको छ ।
आथिर्क वर्ष २०७०-०७१ मा १ करोड ५ लाख, ०७१-०७२ मा ४ करोड ६० हजार ५८ हजार २ सय १० र आर्थिक वर्ष २०७२-०७३ मा ५ करोड १२ लाख ६१ हजार ७२४ रुपैया ७१ पैसा खाना खाजामा सचिवालयले खर्च गरेको छ छ भन्दै बुधबारको नयाँ पत्रिका दैनिकमा समाचार लेखिएको छ ।