आर्थिक

एनसेल अफर, अब १३ पैसा प्रतिएमबि ईन्टरनेट

सुर्यखबर सम्बाददाता,
काठमाडौं । देशकै अग्रणी मोबाईल सेवाप्रदायक कम्पनी दाबी गर्ने एनसेलले चाडपर्वको उपलक्ष्यमा आफ्ना ग्राहकका लागि अझ सुलभ दरमा ईन्टरनेट सेवाप्रयोग गर्न सकिने डे डेटा प्याक ल्याएको छ । यस अन्र्तगत ग्राहकले अब बिहान ५ बजे देखि साँझ ५ बजे सम्मको समयमा कर बाहेक १३ पैसा प्रति एमबि सम्ममा डेटा सेवा प्रयोग गर्न सक्नेछन् ।

ग्राहकले अफर गरिएका डेटा प्याकहरु एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर प्राप्तजानकारी अनुसार सुचारु गर्न सक्छन् । साथै आफूले लिनचाहेको प्याकको भोल्युम टाईप गरी अंग्रजीमा ‘डी’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनि यी प्याकहरु लिन सकिन्छ । उदाहरणका लागि एक दिने डे डेटा प्याक लिन चाहने ग्राहकले अंग्रजीमा १००डी टाइप गरी १७१२३ मा एसएमएस पठाएर यो प्याक सुचारु गर्न सक्छन् ।

यसरी ग्राहकले आफ्नो आवश्यकता अनुसार डे डेटा प्याकको छनौट गरी बिहान ५ बजे देखि साँझ ५ बजे सम्मको समयमा अझ सुलभ दरमा ईन्टरनेट चलाउनका लागि यो अफरबाट फाईदा लिन सक्छन् ।

“चाडपर्वको बेलामा हामी आफ्ना परिवारजन, आफन्तहरु तथा साथीभाईसँग सम्पर्कमा रही खुसीयाली साट्न चाहन्छौं । हामीलाई विश्वास छ यो डे डेटा प्याक अफरले हाम्रा ग्राहकको बढ्दो संचार सेवाको मागलाई संबोधन गर्नेछ र थप लाभ प्रदान गर्नेछ ।, ” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलनशर्माले भने

आफ्नो आवश्यकता अनुसार ग्राहकले यीप्याकहरु जति पटक पनिलिन सक्छन् । प्याकको समयावधि सकिए पछि हाललाग्दै आएको कर बाहेक रु ३ प्रतिएमबि शुल्क लागु हुनेछ ।

यो योजना १५ दिनसम्म संचालनमा रहने एनसेलले जनाएको छ ।