आर्थिक

प्रभु बैँकको थप साखा मन्थली र चन्द्रनिगाहपुरमा

सुर्यखबर सँबाददाता,
काठ्माण्डौ । प्रभु बैंकले रामेछापको मन्थली र रौतहटको चन्द«निगाहपुरमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । बैंकको मन्थली शाखा कार्यालय रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकास चन्द्र अधिकारी र चन्द्रनिगाहपुर शाखा कार्यालय रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले छुट्टा छुट्टै समारोहकाबीच समुद्घाटन गरेपछि साखाको सुरुवात भएको छ ।
मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये खाडिचौर र बीरगंज शाखा कार्यालयलाई मन्थली र चन्द्रनिगाहपुरमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरु सरल, सहज रुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।