पु.समाचार

हिन्दीलाई सरकारी भाषा बनाउनु गलत : नेता कोईराला

सुर्यखबर सँबाददाता,
तनहुँ । नेपाली काँग्रेसका प्रभाबसाली नेता डा शेखर कोईरालाले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाईए त्यो मुलुककै निम्ति दुर्भाग्य हुने बताएका छन् ।
हिन्दीलाई सरकारी भाषा बनाउँने सरकारी निर्णय कुनैपनी नेपालीलाई सह्यय र मान्य नहूने पनि बताएका छन्। पार्टीभित्र गुटको राजनीति गर्नेहरू छिट्टै समाप्त हुने बताउँदै गुटको राजनीतिमा रमाउँनेहरूले लामो राजनीतिक यात्रा गर्न नसक्ने जीकिर गरेका छन् । गुटको राजनीति गर्नेहरूको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्दै गुट र भागबण्डामा रमाउँनेहरूको आफ्नै भविष्य निश्चित छैन भने उनीहरूले कसरी तपाँईहरूको संरक्षण गर्न सक्छ, कोईरालाले कार्यकर्तालाई पश्न गरे ?
त्यसकारण गुटभन्दा माथी उठेर नेपाली काँग्रेस बन्ने बाटोमा लाग्न सबैलाई आग्रह समेत गरेका छन् ।
जिल्ला भ्रमण र कार्यकर्ता भेटघाटका क्रममा तनहुँ पुगेका डा कोईरालाले तनहु क्षेत्र नं. १ को कार्यलय डुम्रेमा कार्यकर्ताहरूसँग साक्षात्कार गर्दै स्थानीय निर्बाचनका लागी तयारी अवस्थामा रहन जनतालाई निदेशन समेत दिएका छन् ।