खेलकुद

मेसी अभ्यासमा फर्किए

एजेन्सी– केही हप्ताअघि घाइते भएर उपचारसहित आराम गरिरहेका बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसी फेरि नियमित अभ्यासमा फर्किएका छन् । उनी सोमबारदेखि बार्सिलोनाको अभ्यासमा फर्किएका हुन् ।

स्पेनिस ला लिगा अन्तर्गतको आइतबा भएको खेलमा सेल्टा भिगोसँग ४–३ गोलले पराजित भएको बार्सिलोनालाई मेसीको अभाव खड्किएको थियो ।

उनी आउँदो अक्टुबर १५ मा डेपोर्टिभोविरूद्ध हुने खेलका लागि तयार भइसक्ने आशा क्लबले गरेको छ।