पु.समाचार

यी हुन् आफ्नी हजुरामाको किरिया गर्ने किशोरी

सुर्यखबर सँबाददाता,

गोरखा । छोराहरुले कसैले तीनदिन त कसैले पाँचदिन किरिया गर्ने दिन घटाउनुपर्छ भनेर तर्क गरिरहेको बेला गोर्खाको पालुगंटारकी एक किशोरीले आफ्नी ९१ बर्षीया हजुरामाको हिन्दु परम्परा अनुसार किरिया गरेको समचार आएको छ । आफ्नो रितीरिवाज र परम्परा भूल्दै गएको समकालिन नेपाली समाजमा छोरीले बाबु(आमाको किरिया गरेको घटना कहिंकतै भएपनि नातिनीले हजुरआमाको किरिया गरेको घटना सायद बिरलै होला। तर नेपाल बिध्यार्थी संघकी नेत्री समेत रहेकी सुनिता सापकोटा यतीबेला आफ्नी हजूरआमाको किरिया गर्दै छिन्। ललीतपुर पाटन क्याम्पसकी सापकोटाकी हजुरआमा नन्दकूमारी सापकोटाको गत साता निधन भएको थियो।
गोर्खा पालुँगटारकी सापकोटा आफ्नी हजुरआमाको अन्तिम ईच्छा बमोजिम नै आफू उहाँको काममा बसेको बताउँछिन। मेरी हजुरआमाले बारम्बार मलाई दागबत्ती दिने र मेरो किरिया तिमीले नै गर्नूपर्छ भन्नूहून्थ्यो, उहाँकै ईच्छा पूरा गर्न मैले यो गरेकी हूँ।ू सापकोटाले सुर्यखबरसँग भनिन्। मर्स्यांदी नदीमा अन्त्येष्टी गरिएको नन्दकूमारीको पार्थिव शरिरलाई सुनिताले नै दागबत्ती दिएकी थिईन। यसरी हजुरआमाको किरियामा नातिनी नै बसेको आफूहरूले अहिले सम्म थाहा नपाएको पालूंगटारबासीहरू बताउँछन।