खेलकुद

स्पेनिस ला लिगा खेलमा बार्सिलोनाको हार

एजेन्सी– आइतबार राती भएको स्पेनिस ला लिगा खेलमा बार्सिलोनाले हार बेहोरेको छ । मेसी बिना खेलिएको सो खेलमा बार्सिलोनाले सेल्टा डी भिगोसँग ४–३ ले पराजित भएको हो । सेल्टाले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो ।

खेलको क्रममा २२ औं मिनेटमा पिओने सिस्टो र ३१ मिनेटमा लागो एस्पासले गोल गर्दै सेल्टालाई अग्रता दिलाउन सफल भएका थिए । त्यसको २ मिनेटपछि बार्सिलोनाका जेरेमी म्याथ्युले आत्मघाती गोल गर्न सफल भएका थिए ।

खेल सकिन तीन मिनेट हुँदा बार्सिलोनाका लागि पिकेले व्यक्तिगत दोस्रो गोल गरेपनि हारबाट जोगाउन भने सकेनन्। हारपछि सात खेलबाट १३ अंक भएको बार्सिलोना चौथो स्थानमा झरेको छ। यो खेलमा म्याथ्युले गरेको आत्मघाती गोल बार्सिलोनका लागि हारको कारण बनेको थियो । लिगमा बार्सिलोनाको सिजनको यो दोस्रो हार हो।