अन्तर्राष्ट्रिय

आइतबार राती भारतीय सुरक्षा फौजमाथि फेरि आक्रमण

एजेन्सी– केही दिनअघि भारतीय सैनिकमाथि भएको हमलाको घटना नसेलाउदै फेरि जम्मु काश्मिरस्थित बारमुलामा आतंककारी हमला भएको छ । आइतबार राती भारतीय सेनाको राष्ट्रिय राइफल्सका सेनाहरुविरुद्ध आक्रमण भएको हो ।

सो आक्रमणमा भारतीय सेनाका एक जवानको मृत्यु भएको छ भने केही घाइते भएको जनाइएको छ । भारतीय सेनाल आक्रमणकारीहरु विरुद्ध जवाफी कारबाही गर्दा २ जना आतंककारीहरु मारिएको बताइएको छ ।

आक्रमणमा ३ भारतीय सेनाहरु घाइते भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । राष्ट्रिय राइफल्सको गणमाथि हमला भएको भारतीय सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । अहिले सो क्षेत्रमा भारतीय सेना लगायत संयुक्त सुरक्षा फौजले सुरक्षा सतर्कता बढाएको बताइएको छ ।