आर्थिक

चीनको केरुङबाट आएका कन्टेनर रसुवागढीमा रोकिए

काठमाडौं । दशैंका लागि चीनको केरुङबाट सामान बोकेर आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढी नाकामा थन्किएका छन् । स्थानीयका अनुसार कन्टेनर सँघुरो सडकमै राख्दा जोखिम बढेसँगै आवतजावतमा पनि समस्या भएको छ ।

सिन्धुपाल्चोकको तातोपानी नाका विनाशकारी भूकम्पका कारण बन्द भएपछि उत्तरतिर रसुवागढी नाकामात्र सञ्चालनमा छ । स्वाफ्रुबेसी रसुवागढी नाकामात्र सञ्चालनमा छ । स्याफ्रुबेसी -रसुवागढी सडकको बीचमा पर्ने टिमुरेमा १५ दिनदेखि तीन सय कन्टेनर थन्किएका हुन् ।

भन्सारमा र्कचारीको अभावमा दैनिक २०र२५ वटा कन्टेनरको सामानमात्र जाँच हुँदा समस्या भएको छ । समयमा नै भन्सार जाँनच हुन नसक्दा लामो समयदेखि सयौं गाडी पालो कुरेर बसिरेहका छन् भन्दै सोमबारको अन्नपूर्ण पोष्टमा समाचार लेखिएको छ ।