राजनीति

काँग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रभाबकारी भूमिका खेल्न सकेनन् : डा. कोईराला

सुर्यखबर सँबाददाता,
काठ्माण्डौ । नेपाली काँग्रेसका प्रभाबशाली नेता डा. शेखर कोईरालाले गूटबन्दीले सिंगो काँग्रेस पार्टी कमजोर भएको बताएका छन् । पार्टी कमजोर भएकोमा आपुलाई अत्यन्त दुःख लागेको बताउदै आफू बास्तविक काँग्रेस खोज्न गाउँगाउँ आएको बताएका छन्। गूटबन्दीका कारण राजनीतिले ईमान्दार कार्यकर्ताको स्वाभिमानमा आँच आएको बताउदै डा कोईरालाले १३औं महाधिवेशनपछी पार्टीभित्र गूटबन्दी संस्थागत बनेर गएकोमा आफू अत्यन्तै दूखी भएको समेत बताएका छन्।

पार्टीभित्र गूटको राजनीति हावी भएकाले सच्चा काँग्रेस भेटिन छाडेको समेत कोईरालाले दाबी गरेका छन् ।
गूटबन्दीमा जो नेताहरु रमाएर नाचीरहेका छन् मुलुक, लोकतन्त्री र ईमान्दार कार्यकर्तालाई केही गर्ने हैसियत राख्दैनन्, कोइरालाले बताएका छन् ।
चितवनको दारेचोकमा भएको तरुणदलको कार्यक्रमलाई सम्बोधन गर्दै, तरुण नेताकार्यकर्ताहरुलाई गुटउपगुटको पछि नलागी सिंगो पार्टी बचाउँने काममा लाग्ना आग्रह समेत गरेका छन् ।

पुष्पकमल दहालको नेतृत्वमा काँग्रेसका तर्फबाट सहभागी भएका मन्त्रीहरुले प्रभाबकारी भूमिका खेल्न नसकेको समेत डा.कोईरालाले आरोप लगाएका छन् ।