पु.समाचार

सोमबार कांग्रेसका ७ राज्यमन्त्रीले सपथ लिंदै

काठमाण्डौ । नेपाली कांग्रेसले आफ्ना तर्फबाट सोमबारसम्म ७ राज्य मन्त्री सरकारमा पठाउने भएको छ । सरकार गठन भएको झण्डै दुई महिनापछि कांग्रेसले पाएका १५ मन्त्रालयमध्ये ७ मन्त्रालयमा राज्यमन्त्री पठाउने तयारी गरेको हो ।

पार्टीमा जातीय लंगिक, क्षेत्रीय सन्तुलन मिलाएर राज्यमन्त्री पठाउने तयारी भइरहेको पार्टी सभापति शेरबहादुर देउवा निकट एक नेताले बताए ।

‘संभवतः सोमबारसम्म राज्यमन्त्रीले सपथ लिनेछन्,’ केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने,‘पार्टीको आन्तरिक सन्तुलन जातीय, क्षेत्रीय र लंगिक पक्ष मिलाएर मन्त्री चयन हुन्छन्।’

सात राज्यमन्त्रीका लागि तीन दर्जनभन्दा बढी आकांक्षी छन् । सभापति देउवा, पौडेल र सिटौलाका तीन धारको प्रतिनिधित्व हुँदै राज्यमन्त्री चयन हुने बताइएको छ । स्रोतका अनुसार पौडेलबाट तीन र सिटौलाबाट एक राज्यमन्त्री बन्ने सम्भावना छ ।