पु.समाचार

शनिबार बिहान बगेको पहिरोमा परेर ३ जनाको मृत्यु

सिन्धुपाल्चोक । पहिरोमा परेर सिन्धुपाल्चोकमा एकै घरका ३ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आएको पहिरोमा परेर जिल्लाको राम्चे गाविस ७ पूराना गाउँका ३५ वर्षीया रामकुमार तिमिल्सिना, उद्धब तिमिल्सिना र उनकी श्रीमती सम्झना रहेको प्रहरीले जनाएको छ ।

रातभर परेको अविरल वर्षापछि शनिबार बिहान ३ बजे घरमाथिबाट आएको पहिरोले पुरेर उनीहरुको मृत्यु भएको प्रहरीको भनाई छ । पहिरोमा पुरिएकाहरुको शव निकाल्ने काम भैरहेको बताइएको छ ।