पु.समाचार

आज घटस्थापना, नेपालीहरुको घर घरमा जमरा राखिदै

काठमाण्डौ । शनिबारदेखि हिन्दुहरुको महान चाड दशै औपचारिक रुपमा सुरु भएको छ । विजयादशमीको पहिलो दिनका रुपमा चिनिने यो दिन घर घरमा कलश स्थापना गरी घटस्थापना मनाइदैछ । दशैको सुरुको दिन अर्थात आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन प्रत्येक नेपालीहरुको घर घरमा घटस्थापना गरिने चलन रहेको छ ।

यो दिन दियो, गणेश, कलशको पुजा गरी घटस्थापना निर्माण गरेर दुर्गा भगवतीको पुजा अर्चना गर्दै जमरा राखिन्छ । आज घटस्थापनाको साइत बिहान ८ बजेर ३५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।