खेलकुद

नेपाली क्रिकेट क्षेत्रमा नयाँ आयाम, सन्दीप लामिछाने जानेभए क्रिकेट खेल्न अस्ट्रेलिया

काठमाडौँ– अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले नेपाली युवा क्रिकेटरलाई अस्ट्रेलियामा क्रिकेट खेल्न अबसर जुटाइदिएका छन् । नेपालका १६ वर्षीय लेग स्पिनर सन्दीप लामिछानेलाई उनले अअस्ट्रेलियामा खेल्ने अपसर मिलाइदिएका हुन् ।

केही महिनाअघि हङकङमा क्लार्कसँग एउटै क्रिकेट क्लबबाट टी–२० प्रतियोगिता खेलेका सनदीपले अस्ट्रेलियाको पश्चिमी क्षेत्रको जिल्ला क्रिकेट क्लबबाट क्रिकेट खेल्ने अबसर पाएका हुन् । उनले क्लार्कको क्रिकेट एकेडेमीमा अभ्यास गर्नेछन् र सोही एकेडेमीबाट उमेर समूहको खेल खेल्नेछन्।
सन्दीप अस्ट्रेलियामा बस्दा लाग्ने सम्पूर्ण खर्च सोही क्रिकेट एकेडमीले बेहोर्ने छ ।