पु.समाचार

प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई कुनै रोक छैन: प्रधानमन्त्रीका प्रेस सल्लाहकार

काठमाडौँ । सोमबार एक पत्रिकामा प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई रोक लगाइएको विषयमा समाचार आएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले त्यसप्रति आपत्ति जनाएका छन् ।

पत्रकारको नाम र प्रवेश गर्न खोजिएको समयबिना ‘प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई रोक’ शीर्षकमा समाचार आएपछि आचार्यले पत्रकारलाई प्रधानमन्त्री कार्यालयमा कुनै कीसिमको रोक नभएको स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीमा नियुक्त हुनासाथ प्रधानमन्त्रीका सबै गतिविधि र कार्यक्रमहरुमा संचारकर्मीको सहज पहुँच र सूचना प्राप्तिमा सहजताका लागि निर्देश गरे बमोजिम पत्रकारका लागि सोही कीसिमको व्यवस्था मिलाइएको जानकारी दिँदै आचार्यले भ्रममा नपर्न सबैमा आग्रह गरेका छन् ।

साथै उनले कुनै पत्रकारलाई प्रधानमन्त्री कार्यालय प्रवेशमा अफ्टयारो परेको भए तत्काल जानकारी गराउन समेत अनुरोध गरेका छन् ।