अन्तर्राष्ट्रिय

अफगानिस्तानमा गेस्ट हाउसमा हमला

एजेन्सी– मंगलबार फेरि अफगानिस्तानको राजधानी काबुलमा बम आक्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो पटक यो लगातार तेश्रो बम आक्रमण भएको बताइएको छ ।

काबुलको उत्तरपश्चिममा अवस्थित एक गेष्ट हाउसमा बन्दुकधारीहरुले कारबम सहित हमला गरेका हुन् । प्रहरीका अनुसार अहिले त्यस स्थानमा विशेष सुरक्षाकर्मीबलले कार्वाही जारी राखेका छन् ।

यही स्थानमा पहिले शहरको भीडमा भएको बम आक्रमण परेर २४ जना मारिएका थिए भने ९० जना भन्दा बढी घाइते भएका थिए । घटनामा एक सुरक्षाकर्मी समेत मारिएको बताइएको छ । यो घटनाको जिम्मेवारी तालिवानले लिएको बताइएको छ ।