आर्थिक

राष्ट्र बैंकद्धारा एक करोड डलर ल्याउने तयारी

काठमाण्डौ । डलर अभाव पुरा गर्न नेपाल राष्ट्र बैंकले एक करोड डलर ल्याउने तयारी गरेको छ ।

विभिन्न वाणिज्य बैंकले दसैंसम्म डलर ल्याउने तयारी गरिरहेकोमा निजी बैंकले विदेशबाट डलर ल्याउँदा विनिमय दर फरक पर्ने भन्दै आफैं डलर ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ।

निजी बैंकले राष्ट्र बैंक समक्ष डलर ल्याउने प्रस्ताव गरिसकेका छन् । बजारमा देखिएको डलर अभाव पूर्ति गर्नका लागि राष्ट्र बैंक आफैंले पहल थालेको छ । यसका लागि एक सातादेखि गृहकार्य भइरहेको छ ।

बजार व्यवस्थित गर्न फरक विनिमय दर हुन नदिन र बजारमा एक रूपता ल्याउन राष्ट्र बैंक आफैंले सिंगापुरको सीआइएमबी बैंकमा रहेको मौज्दातमध्ये एक करोड डलर कार्गो गरेर ल्याउन् प्रक्रिया थालेको जनाउँदै मंगलबारको अन्नपूर्ण पोष्टले समाचार लेखेको छ ।