अन्तर्राष्ट्रिय

आफ्नै गृहनगरमा पराजित भयो एन्जेला मर्कलको दल !

एजेन्सी– जर्मन चान्सलर एन्गेला मर्कल नेतृत्वको पार्टीलाई प्रान्तीय चुनावमा धक्का लागेको छ । मर्कलको नेतृत्वमा रहेको क्रिश्चियन डेमोक्रेटिक यूनियन पार्टी तेश्रो स्थानमा पुग्ने संकेत देखिएसँगै धक्काको महसुस गरिएको हो ।

निर्वाचन चलिरहेको मक्लेनवर्ग वेष्ट पमरेनिया क्षेत्र चान्सलर मर्कलको आफ्नै गृहक्षेत्र हो । सो चुनावलाई सन् २०१७ मा हुने संसदीय चुनाव अघिको परीक्षाको रुपमा रहेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुले बताएका छन् ।