आर्थिक

विद्युत प्राधिकरणभित्र यस्तो हालत !

काठमाण्डौ । विद्युत प्राधिकरणका अधिकांश विद्युतगृह, क्षेत्रीय निर्देशनालय, वितरण केन्द्र र आयोजनाहरूमा बरिष्ठहरूलाई हटाएर कनिष्ठलाई जिम्मेवारी दिने प्रवृत्ति बढेको छ ।

दस तहको मेकानिकल दरबन्दी पाएका विद्युतगृहमा अधिकांशलाई ९ तहका कनिष्ठलाई जिम्मेवारी दिएको छ। दस तहका मेकानिकल दरबन्दी भएका कालिगण्डकी ए, मध्यमर्स्याङ्दी, कुलेखानी प्रथम, मर्स्याङ्दी विद्युत गृहमा नौ तहकालाई प्रमुख बनाइएको छ।

योग्यता नपुगे पनि कामुको जिम्मेवारी दिएर कनिष्ठलाई प्रमुख बनाएर वरिष्ठहरूलाई काठमाडौं केन्द्रमा थन्क्याइएको भन्दै सोमबारको अन्नपूर्ण पोष्टमा समाचार लेखिएको छ ।