राजनीति

शेरबहादुर देउवाले छाने महामन्त्री, यी हन् उपसभापति र सह-महामन्त्रीका आकांक्षी (नामसहित)

काठमाडौँ, नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि पार्टी बिधान अनुसार सभापतिले मनोनयन गर्न बाँकी पदाधिकारीको पदपूर्ति प्रक्रिया अघि बढेको छ ।

विधान अनुसार जेठको पहिलो साताभित्रै पदाधिकारीको मनोनयन गर्नुपर्ने भएता पनि पार्टीभित्रको आन्तरिक विवाद र असन्तुष्ट पक्षलाई मिलाएर लानुपर्ने भएकाले हालसम्म मनोनयन हुन सकेको छैन ।

पदाधिकारी मनोनयनमा ढिलाइ भएका कारण रामचन्द्र पौडेल पक्षबाट आलोचना र आफूनिकटबाट दबाब आउन थालेपछि देउवा भदौभित्रै उप-सभापति, महामन्त्री , सहमहामन्त्री र बाँकी केन्द्रीय सदस्यको मनोनयनमा लागेका छन् ।

कांग्रेस स्रोतका अनुसार देउवाले महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीको नाम करिब फिक्स गरिसकेका छन् । महामन्त्रीका केही आकांक्षीलाई सरकारमा पठाएर देउवाले कार्कीका लागि बाटो खुला पारिदिएका हुन् । उपसभापतीमा केहि महिना अगाडी भएको काँग्रेस महाधिवेसनका शेरबहादुर देउवाका सभापतीका तेस्रा प्रत्यासी कृष्णप्रसाद सिटौलाको नाम समेत चर्चामा छ । अन्तिम समयमा परराष्ट्रमन्त्री नपाएर सभापती शेरबहादुर देउवासँग टाढा भएका डा. शेखर कोईरालाको नाम भने पदाधिकारीमा देउवाले नराख्ने निश्चित भएको एक देवापक्षीय नेताले सुर्यखबरलाई बताए ।
बिमलेन्द्र निधिलाई उपसभापती बनाउदा सरकारको नेतृत्व पनि गर्ने, उपसभापती पनि बन्ने भन्नेमा काँग्रेस देउवापक्षमा ब्यापक बिष्पोट हुने सँभाबना भएको काँग्रेसको राजनीतिमा मध्यमार्गी भएर लामो समय काम गरेका नेताहरुको ठम्याई छ । जे होस तरुण दलको केन्द्रीय महाधिवेसनको आसपासमा पदाधिकारी तथा सदस्यहरुको मनोनयन सक्ने दाउमा सभापती देउवा लागेको बुझिएको छ ।
त्यसैगरी उपसभापतिमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, खुमबहादुर खड्का र गोपालमानसिंह श्रेष्ठको नाम चर्चामा छ । तर, देउवा निधिलाई नै उपसभापति बनाउने दाऊँमा छन् । खड्काले महाधिवेशनमा सहयोग गरेकाले उपसभापति आफूले पाउनुपर्ने दबाब दिएका कारण देउवाले अन्तिम निर्णय भने गर्न सकेका छैनन् ।

त्यसैगरी सह-महामन्त्रीमा मन्त्री बन्न नपाएका नेता मानबहादुर विश्वकर्मा देउवाको पहिलो रोजाइमा छन्। त्यसैगरी पुष्पा भुसाल, आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडुको नाम चर्चामा छ ।
खड्काले आफूले उपसभापति नपाएमा भुसाललाई अघि सोका हुन् भने ढुंगाना र बडु पौडेल पक्षका हुन् । देउवा सके तीनै र नभए महामन्त्री र सहमहामन्त्री पदमा केही दिनमै पदाधिकारी मनोनयन गर्ने तयारीमा छन् ।