पु.समाचार

तीज मनाउँदा मनाउदै २ बालबालिकासहित ४ जना पहिरोमा परे

स्याङजा । आइतबार एकाबिहानै स्याङजामा पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ । जिल्लाको क्वरेभन्ज्याङ गाविस ७ उपल्लो ताप्केमा पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो ।

बिहानै करिब २ बजेतिर पहिरो खस्दा सोही ठाउँका ७८ वर्षीया चन्द्रकला सारुमगर, उनकै घरमा तिज मनाउन गएका गल्याङकोट ८ काी ३२ वर्षीया हुमकुमारी मस्याङ्दी, हुमकुमारीका ७ वर्षीया छोरी पुनम र ६ वर्षीय छोार सुजनको मृत्यु भएको जनाइएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगिसकेको बताइएको छ ।