पु.समाचार

माओवादी केन्द्रका नेताले निर्णय पुस्तिका च्याते

काठमाडौं । नेकपा माओवादी केन्द्रका एक जिल्ला स्तरका नेताले स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको निर्णय पुस्तिका च्यातेपछि हंगामा भएको छ ।

माओावादी केन्द्रका रोल्पा जिल्ला संयोजक सुरेन्द्र थापा घर्तीमगरले स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको निर्णय पुस्तिका च्यातेपछि हंगामा मच्चिएको हो ।

समितिको शनिबार बिहान बसेको बैठकमा संयोजक मगरले स्थानीय तहको पुनर्संरचनाका विषयमा चित्त नबुझेपछि निर्णय पुस्तिका च्यातेको जनाइएको छ ।

भदौ १३ गते सहयोग समितिले दलीय सहमितमा पाँचवटा गाउँपालिका बनाउने निर्णय गरेको थियो ।

पुनर्संरचना आयोगले भने जिल्लाबाट साविकको नगरपालिकासहित सातवटा स्थानीय एकाइको खाका पठाउन भनेको थियो ।

साउन २६ गते सहयोग समितिले एक नगरपालिका र ६ गाउँपालिकाको प्रस्तावित खाका सार्वजानिक गरेको भन्दै आइतबारको अन्नपूर्ण पोष्टमा समाचार लेखिएको छ ।

केही दलका नेता आफैंले गरेको निर्णयका विपक्षमा उभिएपछि सहयोग समितिले थप सहमतिका लागि शुक्रबार दिउँसको बोलाएको दलिय बैठकमा सहमति नभएपछि पुन शनिबार बैठक बोलाइएको थियो । तर, उक्त बैठकमा पनि कुरा मिल्न सकेन ।