खेलकुद

अर्जेन्टिनाले गुमाउने भयो मेसी

एजेन्सी, अर्जेन्टिनी टीमका कप्तान लिओनल मेसी मंगलबार भेनेजुएलाविरूद्ध हुने खेलमा अनुपस्थित हुने भएका छन्।
बिहिबार भएको खेलमा मेसीकै गोलमा अर्जेन्टिनाले विश्वकप छनोटअन्तर्गत उरुग्वेलाई १–० ले पराजित गरेको थियो। यही खेलमा उनको दायाँ खुट्टाको पाखुराको चोट बल्झिएपछि र्जेन्टिनाले विश्वकप छनोटअन्तर्गत आउँदो मंगलबार भेनेजुएलासँगको खेल खेल्न नसक्ने भएका हुन्।

 
उनको चोटको जानकारी अर्जेन्टिनी फुटबल संघले दिएको छ। मेसी बार्सिलोनाबाट खेल्दै गर्दा घाइते भएका थिए। बार्सिलोनाका प्रशिक्षक इडगार्डो बाउजाले यसअघि नै मेसीको विषयमा मौका लिन नसकिने बताएका थिए। तरपनि अर्जेन्टिनाले उरुग्वेविरूद्धको खेलमा उनलाई मैदानमा उतारेको थियो।