पु.समाचार

प्रचण्डको ठाउँमा बाबुराम भएको भए यसो पो गर्दो रहेछन्, खोले मुख

काठमाडौँ, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले तेस्रो दलले सरकारको नेतृत्व गर्न छाड्नु पर्ने बताएका छन् ।
पत्रकार अनिल थापाको पुस्तक ‘अविराम बाबुराम’ विमोचन कार्यक्रममा भट्टराईले दलहरु सरकार बनाउने र गिराउने खेलमा लाग्दा संविधान कार्यान्वयन नहुने खतरा रहेको बताए । उनल भने, ‘आगामी डेढ वर्षभित्र तीन वटै निर्वाचन गरेर संविधान कार्यान्वयन गर्नु पर्ने छ, तर, संसदमा भएका तीन वटै साथीहरु कांग्रेस, एमाले र माओवादी सरकार बनाउने र गिराउने खेलमा मात्र लाग्नु भयो भने नहुने खतरा छ ।’

भट्टराईले यदि आफू प्रचण्डको ठाउँमा भएको भए प्रधानमन्त्री नबन्ने बताए । धेरै वर्ष काम गरेका प्रचण्डले सम्मान नै गर्ने भन्दै उनले भने, यदि प्रचण्डको ठाउँमा म भएको भए म सत्तामा जान्नँ । यि कुरा गरौं, म समर्थन गर्छु भन्नुपथ्र्यो ।’ उनले अघि भने,’एमालेले पनि त्यसो भन्नुपथ्र्यो कि कांग्रेसले भन्नुपथ्र्यो ।’