पु.समाचार

गगन थापाले ल्याए काठमाण्डौका लागि नयाँ प्रस्ताव

काठमाण्डौ । स्वास्थ्यमन्त्री गगन थापाले राजधानी काठमाण्डौ र उपत्यकाकै स्थानीय निकायको पुनःसंरचना र विकासका लागि नयाँ मोडलको अवधारणा अघि सारेका छन् ।
शनिबार काठमाण्डौमा आयोजित गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री थापाले राजधानीको रुपमा रहेको काठमाण्डौलाई एउटा मात्र स्थानीय निकायमा परिणत गर्ने अवधारणा अघि सारेका हुन् ।

मन्त्री थापाले काठमाण्डौ मुलुककै राजधानी भएकोले यो ठाउँमा थुप्रै स्थानीय निकायहरुको आवाश्यकता नरहेको र यसलाई एउटै महानगरपालिकाको अवधारणा अन्तर्गत विकास गर्नुपर्नेमा उनले जोड दिए ।

उनले सुरुमा एउटा महानगरलेनै काठमाण्डौ चलाउने र पछि ग्रेटर काठमाण्डुको रुपमा विकास गर्दै भक्तपुर र ललितपुरलाई जाडेर नयाँ खालको पोलिटिकल युनिट बनाउन सकिने प्रस्ताव समेत अघि सारे । यसो गर्दा उपत्यकाको विकास नयाँ ढंगले गर्न सकिने उनको संकेत थियो ।

स्थानीय निकायको संख्या तथा सीमा निर्धारण आयोगले भने काठमाण्डुमा मात्रै ८ वटा स्थानीय तहको अवधारणा अघि सार्दै आएको छ ।
कांग्रेसले भने मुल्ुकभरका लागि प्रस्तावित ५६५ स्थानीय तहको समेत विरोध गर्दै आएको छ ।