पु.समाचार

रहेनन् उज्बेकिस्तानका राष्ट्रपति

तास्कन्द । उज्बेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभको ७८ वर्षको उमेरमा गतः शुक्रबार राति निधन भएको छ ।

गत अगष्ट २७ का दिन राष्ट्रपति इस्लामलाई हृदयाघात भएपछि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको निधन भएको उज्बेकिस्तानको सरकारी स्रोतले पुष्टि गरेको छ ।
उज्बेकिस्तानको एउटा प्राचीन नगर समरकाण्दमा सन् १९३८ को जनवरी ३० का दिन जन्मनु भएका इस्लामले युवावस्थामा तास्कन्दकै सेन्ट्रल एसियन पोलिटेक्निक एण्ड दि तास्कन्द इन्स्टिच्युट अफ नेशनल इकोनोमिमा मेकानिकल ईन्जिनियरिंग र अर्थशास्त्र बिषयमा स्नातक उपाधि हासील गर्नु भएको थियो ।

अध्ययन पश्चात् उनले विमान उत्पादन गर्ने एउटा कम्पनी समूहमा मेकानिकल ईन्जिनियरको पदमा केही वर्षसम्म काम गर्नुभएको थियो ।

राजनीतिप्रति झुकाव रहेका कारण सन् १९६६ मा इन्जिनियरको जागिर छाडी तत्कालिन सोभियत संघको कम्युनिस्ट पार्टीमा आवद्ध भै निरन्तर लाग्दालाग्दै राज्यस्तरको उच्च नेताको तहसम्म पुगी आफ्नो राजनीतिक चरित्र निर्माण गरेका थिए ।

राजनीतिक चरित्र निर्माणकै क्रममा सन् १९८९ को जुन महिनामा पछि उनले उज्बेकिस्तान कम्युनिस्ट पार्टी केन्द्रिय समितिको प्रथम सचिबको दायित्व वहन गर्नु भएको एक वर्षभन्दा कम समयावधिः १९९० मार्च २४ मा उनी उज्बेक सोभियत सोसलिस्ट रिपब्लिकको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।

तत्कालिन सोभियत संघ अन्तर्गत रहेको देशको सर्वौच्च नेताको हैसियतमा उनले सन् १९९१ अगस्ट ३१ का दिन उज्बेकिस्तान एक स्वतन्त्र र सार्वभौम सम्पन्न राष्ट्र भएको घोषणा गर्नुभएको थियो । तथा उज्बेकिस्तान पिपुल्स डेमोक्र्याटिक पार्टीको स्थापना गरी त्यसको सर्वोच्च नेतामा चयन पनि हुनुभएको थियो ।

सोही वर्ष सम्पन्न आम निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उहाँ स्वतन्त्र उज्बेकिस्तानको प्रथम राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो