पु.समाचार

ताप्लेजुङमा पहिरोमा परेर ३ जनाको मृत्यु

ताप्लेजुङ । शनिबार पहिरोमा परेर ताप्लेजुङमा ३ जनाको मृत्यु भएको छ । सो घटनामा एकजना वेपत्ता भएका छन् । ताप्लेजुङ नगरपालिका वडा नं. २ का टिका मगरकी श्रीमती विमला मगर र उनका छोराहरु मनोज र ललितको मृत्यु भएको प्रहरीले बताएको छ ।

त्यस्तै, घटनामा पहिराले घर पुर्दा ताप्लेजुङकै माइली लिम्बु बेपत्ता भएको बताइएको छ । पहिरोले २ दर्जभन्दा बढी घरमा क्षति पुर्याएको छ । घटनामा स्थानी कान्छि लिम्बु घाइते भएकी छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको बताइएको छ ।