समाचार

भारतीय गुप्तचर भेट्न केपी ओली थाइल्याण्ड गएको सनसनीपूर्ण खुलासा

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गएको बिहिवार थाइल्याण्डको राजधानी बैंकक पुगेका छन्, स्वास्थ्य उपचार गराउने बाहानामा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट बैंकक जाने बेलामा ओलीले वर्तमान प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना गरे ।

ओलीले प्रचण्डलाई भारतीय इशारामा चलेको अभिव्यक्ति मात्र दिएनन् नेपालको संविधान संशोधनका विषयमा समेत भारतलाई आमन्त्रण दिएको घुमाउरो आरोप लगाए । पछिल्लो समय भारतको चर्को आलोचक भनेर व्याख्या गरिएका ओलीले झण्डै १५ दिन लामो भ्रमण तय किन गरे रु नेपालमा जस्तै यहाँ नयाँ दिल्लीमा पनि उनको भ्रमणको चर्चा हुन थालेको छ ।

नेकपा एमालेका अनुसार बिहिवार थाइल्याण्ड प्रस्थान गरेका ओलीले बैंककमा स्वास्थ्य परिक्षण गराउने छन् । त्यसपछि उनको भ्रमण इन्डोनेशिया हुनेछ ।

एमाले पार्टी कार्यालयको विज्ञप्ती र ओलीको अभिव्यक्ति अनुसार भ्रमण विशुद्ध स्वास्थ्य परिक्षण तथा घुमघाममा केन्द्रीत रहेको देखिन्छ तर अन्त्यमा भने उनको भ्रमणको उद्देश्य भने अर्कै रहेको पाइएको छ । उनको टोलीमा पत्नी राधिका शाक्य, भतिजा राजेश बज्राचार्य र उनका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागि छन् ।

तर, उनी चक्कर मारेर चक्मा दिने भन्दै भारतीय खुफिया एजेन्सीका मान्छे भेट्न बैंकक गएका हुन् । ओलीको भ्रमणका विषयमा भारतमा समेत चर्चा सुरु भएको छ । भारतीय जनता पार्टीका एक नेताका अनुसार नेपालका पूर्वप्रधानमन्त्री ओलीको बैंकक भ्रमण स्वास्थ्य परिक्षण नभएर राजनीतिक भेटवार्तामा केन्द्रीत रहेको छ । त्यसैले ओलीको भ्रमणका विषयमा नयाँ दिल्लीमा चर्चा हुन थालेको हो ।

स्रोतका अनुसार भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेटवार्ता गर्न र वर्तमान प्रधानमन्त्री प्रचण्ड विरुद्ध योजना बनाउनका लागि ओलीकै पहलमा बैंकक भ्रमण तय भएको हो । पछिल्लो समय भारतीय गुप्तचर संस्था रअले दक्षिण एसियाको समस्या समाधानका लागि थाइल्याण्डमा छलफलको केन्द्र बनाउने गरेको छ ।

अघिल्लो माघमा पूर्वराज ज्ञानेन्द्र शाहसँग पनि बैंककमै कुराकानी भएको थियो । रअका प्रमुख राजिन्दर खन्ना पनि यसै हप्ता थाइल्याण्ड पुगेका छन् । उनले थाइल्याण्ड बसाइमा ओलीसँग नेपाल मामिलामा छलफल गर्नेछन । जनआह्वान साप्ताहिकबाट