समाचार

खुल्यो मुग्लिन सडक खण्डको अवरोध

काठमाण्डौ । शुक्रबार बिहान ५ बजेदेखि पहिरोले अवरुद्ध भएको मुग्लिन नारायणगढ सडक खण्ड खुलेको छ । उक्त सडक खण्डको कालिखोलामा खसेको पहिरो हटाप्छि अवरुद्ध सडकमार्ग खुलेको हो ।

बिहानदेखि ट्राफिक जाममा रहेका सवारी साधन एकैपटक चलेपछि निकै चापमा चलिरहेको बताइएको छ । प्रहरीका अनुसार पहिरो खसेको ठाउँबाट सवारी साधन पार हुन मात्र कम्तिमा डेढ घण्टा लागिरहेको बताइएको छ । बेला बेलामा यो सडक खण्डमा पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती बेहोर्दै आइरहेका छन् ।