राजनीति

महिला तथा बालबालिका मन्त्रीनै यौन काण्डमा मुछिए !

काठमाण्डौ । भारतका एक मन्त्री सन्दिप कुमारको यौन काण्डले नयाँदिल्ली सरकारका तहल्का मच्चिएको छ ।

उनको यौन सिडी सार्वजनिक भएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार महिला एवम् बाल विकासमन्त्री सन्दीप कुमारलाई पदबाट हटाएको खबर बाहिर आएको छ ।

चुनाव प्रचार अभियानको क्रममा सन्दीप कुमार आफूलाई एक स्वच्छ छविका नेता भएको दाबी गर्ने गरेका थिए ।

यहाँसम्म कि उनले एक अन्तर्वार्तामा आफूले हरेक बिहान आदरपूर्वक पत्नीको पाउन छुने गरेको पनि बताएका थिए।

गत ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा दिल्ली सेक्रेटियटको अडिटोरियममा आयोजित एक भव्य कार्यक्रममा उनले आफ्नो सफलताको श्रेय आफ्नी पत्नी ऋतुलाई दिँदै आफूलाई सडकदेखि मन्त्री पदसम्को यात्रामा आफ्नी पत्नी सधैं प्रेरणाको स्रोत बनेको बताएका थिए ।

india

त्यही बेला उनले हरेका बिहान उठेर आफ्नी पत्नीको पाउ छुने गरेको बताएका थिए। उनको सो अभिव्यक्ति लगत्तै कार्यक्रमस्थल तालीले गुञ्जायमान भएको थियो ।

अन्त्यमा खुट्टा ढोगेपछि पत्नीले उनलाई सधैं सफल रहने आशीर्वाद दिने गरेको समेत रहस्य खोलेका थिए। दिल्लीको दयाल सिंह कलेजमा पहिलोपटक भेट भएका तिनीहरुको ८ वर्षको प्रेमपछि सन् २०११ अप्रिल ५ मा विवाह भएको थियो ।

सन्दीप कुमार निबै गरिब परिवारका भएकाले ऋतुको परिवार विवाहका लागि राजी थिएनन् । ऋतु एक आर्मी अफिसरकी छोरी थिइन् ।
सो अश्लिल सीडी सार्वजनिक भएदेखि नै सन्दीप कुमार भूमिगत भइसकेका छन्। यस सम्बन्धमा उनको तर्फबाट केही प्रतिक्रिया आएको छैन। उनको कार्यालयको अनुसार उनी आफ्नो बिरामी आमालाई भेट्न गाउँ गएको जनाइएको उल्लेख गर्दै शुक्रबारको समाचारपत्रमा समाचार लेखिएको छ ।