पु.समाचार

खाना र खाजाको कुपन बन्द गर्न लगाएको भोलिपल्टै सभामुख घर्तीले गरिन् अनौठो निर्णय !

काठमाण्डौ । सभामुख ओनसरी घर्तीले आफ्नो ठाडो आदेशमा संसद सचिवालयमा करारमा कर्मचारी नियुक्ति गरेकी छन् । आर्थिक मितव्ययिता कायम गर्न भन्दै खाना र खानाको कुपन बन्द गरेको दाबी गर्दै आएकी सभामुख घर्तीले त्यसैको भोलिपल्टै आफ्नै जिल्लाका दुई जनालाई ठाडो आदेशमा करारमा नियुक्त गरेकी हुन् ।

संसदमा १४ जना कार्यालय सहयोगी करारमा कार्यरत रहेकै बेला सभामुख घर्तीले ती चारजनालाईै नियुक्त गर्न लगाएकी हुन् । संसदको प्रशासन महाशाखाका अनुसार चारमध्ये दुईजना सभामुख घर्तीकै गृहजिल्ला रोल्पाका भएको भन्दै शुक्रबारको अन्नपूर्ण पोष्टले समाचार लेखेको छ ।

सभामुखको ठाडो आदेशमा कर्मचारी नियुक्त गर्न थालेपछि उपसमाभुख गंगाप्रसाद यादवले पनि आफूले कर्मचारी भर्ना गर्न पाउनुपर्ने अडान लिएका थिए । ‘उपसभामुखको अडानपछि तीनजना सभामुखका र एक जना उपसभामुखको मान्छे नियुक्त गरियो’ सचिवलाय उच्च स्रोतले भन्यो ।

विगतमा टेन्डर आहृवान गरी कम्पनीमार्फत कर्मचारी भर्ना गरिए पनि यस पटछक सभामुखको आदेशमा महासचिव मनोहरप्रसाद भट्टराईले सिधै कर्मचारी भर्ना गरेको स्रोतले बतायो ।