पु.समाचार

केपी ओलीले गरेको निर्णय प्रचण्डले उल्ट्याए !

काठमाडौँ– सरकारले भारतका लागि राजदूत सिफारिस गरेको छ ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि दीपकुमार उपाध्यायलाई प्रस्ताव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
उपाध्याय यसअघि पनि भारतका लागि नेपाली राजदूत थिए । उनलाई अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले करिब चार महिनाअघि फिर्ता बोलाएको थियो ।