समाचार

पहिरोमा परेर २ जनाको मृत्यु

दोलखा । दोलखामा पहिरोमा परि दुई जनाको मृत्यु भएको छ । बुधबार राती दोलखाको उत्तरी क्षेत्रमा पर्ने लामाबगर गाविस–४ क्षेतक्षेत भन्ने ठाउँमा खसेको पहिरोले उनीहरुको मृत्यु भएको । पहिरोले ३ घर पुरिएको प्रहरीले बताएको छ ।

पहिरोमा परेका एक जनाको उद्धार गरिएको छ । २१ वर्षका बडुले तामाङ र २० वर्षकी पेम माया तामाङको पहिरोमा परेर ज्यान गएको हो ।
पहिरोमा पुरिएका ५६ वर्षका मिनबहादुर ठकुरीको उद्धार गरि उपचारका लागि चरिकोटमा रहेको अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।