पु.समाचार

नेपाली सेनाको सम्बन्धमा नयाँ प्रस्ताव

काठमाण्डौ । नेपाली सेना पुनर्सरचना गर्न गठित कार्यदलले नेपाली सेनाको सम्बन्धमा नयाँ प्रस्ताव गरेको छ । कार्यदललले नेपाली सेनाको हालको संख्या ५ वर्षसम्म यथावत् राख्न प्रस्ताव गरेको हो ।

सेनामा हाल ९६ हजार ५ सय १५ दरबन्दी छ । पूर्वरक्षा सचिव वामनप्रसाद न्यौपाने नेतृत्व कार्यदलले ५ वर्षसम्म संख्या यथावत् राख्ने र ५ वर्षभित्र गरिने सामाजिक सुरक्षा पुनरावलोकनपछि मात्र संगठनात्मक सुधारका कार्य गर्न सरकारलाई सुझाएको बताइएको छ।

कार्यदलले ४ महिनाअघि सरकारलाई बुझाएको सेना पुनर्सरचनाको खाकामा ‘सुरक्षा संवेदनशीलताको विद्यमान अवस्थाका कारण नेपाली सेनाको हाल कायम दरबन्दी ५ वर्षसम्म नघटाउनेरनबढाउने’ उल्लेख गरिएको भन्दै बिहीबारको कान्तिपुर दैनिकमा समाचार लेखिएको छ ।