मनोरञ्जन

अमिताभको पिङ्कले रेकर्ड तोड्दै

एजेन्सी– गत १६ सेप्टेम्बरमा रिलिज भएको बलिउड हस्ती अमिताभ बच्चनको फिल्म पिङ्क सन् २०१६ मा नाफा कमाउने सर्वाधिक लोकप्रिय फिल्महरुमध्ये पाँचौ स्थानमा पर्न सफल भएको छ ।

उनको सो फिल्मले १ सय ५० प्रतिशतभन्दा बढी नाफा कमाइसकेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

प्रदर्शनको दोश्रो हप्ता जारी रहँदा पिङ्कले १ सय ५३ प्रतिशत अर्थात अहिलेसम्म ५३ करोड १० लाखको व्यापार गरिसकेको जनाइएको छ ।

अनिरुद्ध चौधरीले निर्देशन गरेको सो फिल्मको अहिले सम्मको नाफा ३२ करोड भन्दा बढी भैसकेको बताइएको छ । सो फिल्म २३ करोडमा निर्माण भएको बताइएको छ ।