खेलकुद

क्रिष्टियानो रोनाल्डोको निजी विमान दुर्घटनामा

एजेन्सी– विश्व प्रसिद्ध खेलाडी अर्थात रियल मर्डिड र पोर्चुगलका स्टार स्टाइकर क्रिष्टियानो रोनाल्डाको निजी विमान दुर्घटनामा परेको समाचार छ । बार्सिलोनामा अवतरण गर्ने क्रममा सो विमान दुर्घटनामा परेको हो ।

यद्यपि, विमान दुर्घटनामा रोनाल्डो भने परेका छैनन् । विमान दुर्घटना हुँदा रोनाल्डो जर्मनीमा च्याम्पियन्स लिग खेलिरहेका थिए । त्यसबेला जर्मनीमा बोरुसिया डर्टमुनसँग रोनाल्डो खेल खेल्न व्यस्त थिए भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

दुर्घटनामा पाइलटलाई भने सामान्य चोट लागेको जनाइएको छ । सोमबार अवतरणका क्रममा ल्यान्डिङ गियरमा आएको समस्याका कारण सो दुर्घटना भएको जनाइएको छ ।