आर्थिक

नेपालमै विदेशी जहाजको मर्मत कार्य सुरु

काठमाडौं । आन्तरिक उडानको वायुसेवा कम्पनी वुद्ध एयरले विदेशी वायुसेवाका जहाज मर्मत सुरु गरेको छ । यो वायुसेवाले आफूसँग भएको प्रकृतिकै जहाजको मर्मत सुरु गरेको हो ।

बुद्ध एयरका अप्रेसन म्यानेजर सुवर्ण खरेलले लामो समयदेखि आफ्नै मेन्टेनेन्स हृयाङ्गरमा जहाज मर्मत गरिरहेकाले अब एटिआर र विचक्राफ्ट जहाजमा विदेशीलाई पनि सेवा दिन थालिएको जानकारी दिएको छ ।

उनका अनुसार नेपाल सरकारले विदेशी वायुसेवाका जहाज मर्मत गर्न अनुमति दिइसकेको छ । उनले ढाकाबाट हेलो एयर र भारतबाट एलाइन्स एयरले मर्मत गर्न नेपाल आउन इच्छा देखाएका छन् ।

यसअघि भुटानको ट्रुक एयरलाई मर्मत गरेर पठाइएको खरेलले जानकारी दिए । बुद्धले लामोसमयदेखि सुविधासम्मपन्न हृयाङ्गर सञ्चालन गरिरहेको भन्दै शुक्रबारको अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित छ ।