समाचार

चीन र भारतका लागी प्रस्ताबित राजदुत भन्छन् ‘कूटनीति भनेको कला, कौशल र चातुर्यता हो’

काठमाडौँ । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरुको बुधबार संसदीय सुनुवाइ गरेको छ।

सरकारले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौडेलको नाम सिफारिस गरी संसदीय सुनवाइका लागि संसद्मा पठाएको थियो। प्रस्तावित राजदूतहरुले संसदीय सुनुवाइका क्रममा आफ्नो अवधारणा, कार्ययोजना र सोच प्रस्तुत गरेका थिए।

सो क्रममा उनीहरुले आफूहरुलाई सिफारिस गरेको मुलुकमा राजदूत भई काम गर्ने अवसर प्राप्त भएको खण्डमा दुई देशबीचको सम्बन्धलाई नेपालको हितमा केन्द्रित रहेर सुदृढ तुल्याउन योगदान दिने विश्वास दिलाए।
उनीहरुले भने, ‘कूटनीति भनेको कला, कौशल र चातुर्यता हो, त्यसअनुसार कूटनीतिक जिम्मेवारीमा रहुन्जेल तटस्थ भएर काम गर्नेछौँ।’