पु.समाचार

धादिङ बस दुर्घटनामा मृत्युहुनेहरुप्रति काँग्रेस चिन्तित

सुर्यखबर सँबाददाता,
काठ्माण्डौ । मंगलबार धादिङमा बस दुर्घटनाबाट मृत्युहुनेहरुप्रति नेपाली काँग्रेसले दुःख ब्यक्त गर्दै समबेदना अर्पण गरेको छ । नेपाली काँग्रेस पर्टीका मुख्यसचिब कृष्ण प्रसाद पौडेलद्वारा जारी गरिएको बिज्ञप्तीमा भनिएको छ ।
“धादिङ जिल्लाको सदरमुकाम धादिङवेशीबाट विकट उत्तरी क्षेत्र किम्ताङफेदी जादै गरेको यात्रुवाहक बस मार्पाक गा।वि।स वडा नं। ६ स्थित लपाङ्ग दोभान नजिकै दुर्घटना हुँदा १९ जनाको मृत्यु र १२ जना गम्भीर घाइते भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । नेपाली कांग्रेस मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको उचित स्वास्थ्योपचारको व्यवस्थाका लागि सरकार माग गर्दै उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।”