विचार/ब्लग

राहुल गान्धीमाथी जुत्ताप्रहार, जनताको नेताहरुप्रतिको बितृस्णाको निरन्तरता

सुर्यखबर बिश्लेषण,
काठ्माण्डौ । समस्याको समाधान गर्ने चासो भन्दा पनि स्वार्थको राजनीतिलाई प्राथमिकतामा राखेका कारण विभिन्न मुलकका राजनीतिक पार्टिका नेताहरु जनताको आलोचना तथा आक्रमणको पात्र बनेका छन् । उनीहरुले सर्वसाधरण जनताको नकारात्मक टिका टिपणी तथा आक्रोस पोख्ने क्रममा  जुत्ता प्रहारको समेत सामना गर्नु परेको छ ।

यो क्रममा दक्षिण पुर्वि एशियामा बढि देखिएको छ । पछिल्लो अवस्थामा भारतमा विपक्षी भारतीय काँग्रेस पार्टिका उपाध्यक्ष राहुल गान्धिले जुत्ता प्रहारको सामाना गर्नुपरेको भारतीय संचारमाध्यमले जनाएका छन ।

 manmohan-singhp-chitambaram

लखनउको सीतापुरमा आयोजित कार्यक्रममा मञ्चको पछाडीवाट गान्धिलाई एक किसानले जुत्ता प्रहार गरेका थिए । यो भन्दा अगाडी पनि एक सार्वजनिक कार्यक्रममा उनले जुत्ता प्रहारको सामना गरिसकेका थिए । छ दशक भन्दा लामो राजनीति यात्रामा काँग्रेसले किशानको हितमा कुनै पनि राम्रा नीति नल्याएको दावी गदै ती किसानले गान्धि माथि जुत्ता प्रहार गरेर आक्रोस पोखेका थिए ।

भारतमा खडेरी, बाढी, सुख्खा लगाएतका कारणले आफनो अन्न बाली सखाप भएपछि बैंकवाट लीएको ऋणसमेत तिर्न नसकेर वर्षेनी केहि किशानहरुले आत्म हत्या समेत गर्ने गरेका छन् । तर सरकारले तथा राजनीतिक दलले ठोस विकल्प दिननसक्दा नेताहरु सर्वसाधरणको आक्रोसको शिकार बन्ने गरेका छन् ।

भनिन्छ भारतमा त्यही कारणले प्रधानमन्त्री देखि लिएर नेताहरु किसानको घरमा जान समेत डराउछन् । जुत्ता प्रहारको सामना अमेरिकाका पुर्व राष्ट्रपति जर्ज डब्ल बुसले पनि एक पटक भोगेका थिए । विश्वको सवैभन्दा ठुलो शक्तीराष्ट्र अमेरिकाका राष्ट्रपति बुसलाई १४ डिसेम्वर २००८ मा इजरायलमा अमेरिका र इजरायल बीच वार्ता चलिरहदा एक इराकी पत्रकारले बसमाथि कालो जत्ता प्रहार गरेका थिए ।

george-w-bush
तर उनलाई जुत्ताले नलागि उनको टाउको माथी हुदै गएको थियो । यस्तै घटना भारतका तत्कालिन प्रधानमन्त्री डा.मनोमहन सिंह र तत्कालिन वित्तमन्त्री पी चिताम्वरणले पनि भोग्नु प–र्यो । १९ अप्रिल २००९ मा भारतको एक आम सभालाई सम्वोधन गर्न जाँदा डा.सिँहलाई एक युवकले जुत्ता प्रहार गरेका थिए भने मन्त्री चिताम्वरम्लाई ७ अप्रील २००९ मा पत्रकार जननैल सिँहले चप्पल प्रहार गरेका थिए ।

नेपालमा पनि जनादेशको सम्वोधन गर्ननसक्दा प्रमुख राजनीतिक दलका प्रमुख नेताहरुले समेत जनताको आक्रोसको शामना गर्नु परेको छ ।

केहि वर्ष अघि सुनसरी भरौलको एक कार्यक्रममा तत्कालिन एमाले अध्यक्ष झलनाथ खनाललाई एक ब्यक्तीले झापट प्रहार गरेर आक्रोस पोखेका थिए । समयमा संविधान घोषणा गर्न नसकेको, जनताका समस्या समाधान गर्न पहल नगरेको भन्दै अध्यक्ष खनालमाथि झापट प्रहार भएको थियो ।

jhalanathprachanda-2

उनले झापट हान्ने ब्यक्तीलाई केहि दिनको प्रही कार्वाही पछि माफि दिएका थिए । यसैगरी एक कार्यक्रममा नेपाली काँग्रेसका तत्कालिन सभापति स्वर्गिय शुशिल कोइरालालाई काठमाण्डौको कपनमा कुर्सिले हान्ने असफल प्रयास समेत भएको थियो ।

यस्तै अप्रीय घटनाको सामना तत्कालिन एमाओवादीका अध्यक्ष एवँ वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले समेत भोग्नु परेको थियो ।। उनले पार्टिको महाधिवेशनमा निम्तालुलाई स्वागत गर्ने क्रममामा आफनै कार्यकर्तावाट झापट भेटेका थिए ।

जनयुद्धका क्रममा दुःख पाएका कार्यकताको मुल्याँकन नगरेको, पार्टिमा सिद्धान्त र नीति भन्दा पनि ब्यक्तीबादी प्रवृती हावी गराएको भन्दै उनलाई आफनै कार्यकताले झापट हान्ने असफल प्रयास गरेका थिए ।

दुवै नेतालाइ आक्रमण गर्ने असफल प्रयास पछि सरकारले विसिष्टहरुले पाउने सुरक्षा ब्यावस्थालाई झन कडाई गरेको थियो । जनताका समस्याप्रति नेताहरु गम्भिर नहुने हो भने यस्ता घटना नदोहोरियला भन्न सकिन्न !