अन्तर्राष्ट्रिय

स्पेनका पूर्वअर्थमन्त्री सहित ६४ जनाविरुद्ध मुद्धा

एजेन्सी– स्पेनका पूर्व अर्थमन्त्री रोद्रिगो रातोविरुद्ध ठगी गरेको आरोपमा म्याड्रिडको एउटा अदालतमा मुद्धाको सुनुवाई सुरु भएको छ । उनी अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्वप्रमुख समेत हुन् ।

रातो सहित ६४ जनाविरुद्ध अदालतले म्याड्रिड बैंकका अनौपचारिक क्रेडिट कार्डहरु बोर्ड मेम्बर र उच्च पदाधिकारीहरुलाई व्यक्तिगत प्रयोगका लागि बाँडेको आरोप लगाएको छ । रातोले भने आफुले कुनै गल्ती नगरेको बताउँदै आएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।