अन्तर्राष्ट्रिय

रुसमाथि युद्ध अपराधको आरोप

एजेन्सी– ब्रिटेनले रसियामाथि युद्धअपराध गरेको आरोप लगाएको छ । ब्रिटेनका विदेशमन्त्री बोरिस जोनसनले सो आरोप लगाएका हुन् ।

रुसले पछिल्ला दिनमा सिरियाको अलेप्पो सहर नजिकै सहायता गाडीहरुमाथि गरेको आक्रमणका खबरहरु सही हुन् भने उक्त कार्य युद्ध अपराध भएको उनले बताए ।

उनले जानी जानी सर्वसाधारणलाई निशाना बनाएको हो भने यो विषयमा रुससँग स्पष्टीकरण मागिनुपर्ने उनले बताए ।  एक हप्ताअघि भएको सो आक्रमणमा १८ वटा लरी ध्वस्त भएका थिए र २० जना मारिएका थिए ।